Skip to content

ज्यामे काम गर्दैछु कतारमा


ज्यामे काम गर्दैछु कतारमा,
बिहे गरेछु क्या सारो हतारमा
बुडी पाल्नु छ,
घर गोठ नि चुन्छ रे पानी पर्दा
त्यो नि टाल्नु छ ।

१२ घण्टा बोक्नु छ भारी,
त र र र पसिनाको भेल झारी
गर्मि बढेछ,
के डढ्थ्यो र आगोले सुक्य रुख
बढी डढेछ ।।

काले माथि भाको छु काले,
चिनिन्न झै लागे छ मा-बा’ले
केस नी पालेछु,
हिरो हुन्न कानैमा मुन्द्रा
हालेछु ।।।

लुमा पिउछु थाके जिउ भुल्नलाई,
यौटी फिले छ् सँगै डुल्नलाई
शुक्र बारैमा,
घुम्दै हिड्छौ सर र र
निलो कारैमा ।

घरमा बुडी यत छे फिल्पिने,
थाहा छैन कहिले हो सिल्टिने
मर्नै आटेछु
कत्त मात्रै सम्झाउने हे दैब
सधैं ढाटेछु ।।

लाग्छ अब यो मनलाई मोड्दिन्छु ,
कतार फिले दुबैलाई छाडदिन्छु
जान्छु आफ्नै गाउँ,
सबै भन्दा प्यारो त रहिछ
आफ्नै बुडी माउ ।

राजेश रुम्बा लामा “अतृप्त”
२८-०५-२०११

Leave a Reply

Your email address will not be published. Required fields are marked *