मालीहरू काम चोर छन्
बगैंचाको लागि आएको
बजेट आफैं झ्याप पार्छन
लोभी भँमरा पश्चिमबाट
आई रहेका छन,
माधुर्यता निखार्न लालची
उन्मादमा,
हामी मालिकहरू
अब आफैं हेर्नु पर्छ बगैंचा
फिर्ता गर्नु पर्छ निमेक
कामै नगरी लिएको ज्याला
कामचोर मालीबाट,
जसले बगैंचालाई दुर्गन्धित बनाए,
बगैंचालाई औचित्यहीन बनाए,
निदाए हाम्रो आँखा छलेर
कुम्भकर्णे शैलीमा
बगैंचाका डाली भाँचेर,
फूल च्यातेर, मेटाए अस्तित्व
बाँदरे शैलीमा,
त्यसैले अब माली फेर्नु पर्छ
बगैंचा आफैं हेर्नु पर्छ,
या त हामी मालिकहरूले
बगैंचा हेर्नु पर्छ ।

Hh
Nice like it