Skip to content

अति मन पराउने लहरमा छु आजकल

  • by
GiriRajBaskota-02


अति मन पराउने लहरमा छु आजकल
तिम्रै सुन्दर भव्य सहरमा छु आजकल

हिजोसम्म कोहो लाग्थ्यो, आज मुटु तिम्रै भयो
तिमीसँग आँखा गाभ्ने रहरमा छु आजकल

हुनसक्छ कल्पनामा तिमी साथै बगिरहे
तिमीसँगै मुटु साट्ने कहरमा आजकल

छल्दा पनि सम्मान गर्छु गल्दा पनि सम्मान छ
तिम्रै लय तिम्रै धुन वहरमा छु आजकल

प्यासिला यी आँखाहरू, लोलाएर सपनामा
सञ्जिवनी जल तिमी नहरमा छु आजकल

रानीटार, पाँचथर

Leave a Reply

Your email address will not be published. Required fields are marked *