Skip to content


फिरिरी फिरिरी छिचिमिरा उडे
हूल-हूल भएर आपसमा भिडे
माथिमाथि वेगले सिलिमिली उडेको
कति मजा कति मजा उडूँउडूँ लागेको !
डाङ्ग्रेहरू रमाएर छिचिमिरा खुबै बटुले
चुच्चोभरि छिचिमिरा, कति स्वाद लिन थाले
भद्राईहरू वेग हानी सिकार खेल्न लागे
आज तिनको मस्ती दिन मोजमा सबै डुबे !
एउटालाई खाएर अर्को मस्ती रमाउने
यस्तै रहेछ संसारको परम्परा बचाउने
सानालाई पचाएर ठूला र’छन् ताउ लाउने
कस्तो बेला कुन मुडमा कुन हो नियम बनाउने ?
किन किन ठेलमठेल भई छिचिमिरा उडे
केको सन्देश कहाँ लान, बोकी धरतीबाट निस्के
पृथ्वीको नौलो समाचार आकासतिर झाँकी
कहाँ जान्छन् यिनीहरू शान्ति-मिलन बोकी ?

मुना २०६८ जेठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *