सिसैसिसा जस्तो मुटु चर्किन्छ यो चर्किन दे
हिउको थुप्रो जस्तो मन पग्लिन्छ यो पग्लिन दे
फिक्री छैन जिन्दगीको कै’ले फुल्छ अनि झर्छ
समयको यौटा माग हो ढल्किन्छ यो ढल्किन दे
खङरङ्ग सुकेका छन् सपनाका हाँगाहरू
पालुवामै कति आगो सल्किन्छ यो सल्किन दे
आँसु खस्दा म सोच्दथे अनमोल मोती दाना
बलेसीको थोपा रहेछ छल्किन्छ यो छल्किन दे
