Skip to content

जुन बन तिमी

  • by
JRAvas-02


झुपडीका अँधेरी रात चिर्ने जुन बन तिमी
गरीबका भाषा बोल्ने सारंगी धुन बन तिमी

पलपल आफ्नो छाक अलिनो खानेका निम्ति
निमुखाको शरीर तन्ग्र्याऊने नुन बन तिमी

दिन रात नभनी पसिना बगाउनेका लागि
तिनकै रोमरोममा सल्बलाउने खुन बन तिमी

अहंकार देखाउन सामन्तीले भिर्ने गहना होइन
एक मुठी अन्न किन्न सक्ने सुन बन तिमी

जे. आर. “आभास”
एम. एस्सी, दोस्रो वर्ष (organic chemistry )
रसायन शास्त्र केन्द्रीय बिभाग,
कीर्तिपुर, काठमाडौँ, नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *