Skip to content

नेपाली नै बनेको छ दास नेपालीको

  • by


नेपाली नै बनेको छ दास नेपालीको
यही हो कि परिचय खास नेपालीको

स्वतन्त्र भै बाँच्न पाउनु मौलिक हक हो भन्दै
भर्दा रै’छन् बन्दूकमा सास नेपालीको

मेचीकाली हिमाल तराई परे जन्जालमा
कहाँ होला अब कठै बास नेपालीको

धाक अनि धम्कीहरू निल्नु ओकेल्नु छ
घाँटीबाटै खोसिएर गास नेपालीको

श्रीजन श्री
कृष्णपुर-२, कञ्चनपुर
हालः अध्यक्ष, अनाममण्डली, मलेसिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *