जेठ २८, २०६८
काठमाण्डौं ।
बिगत दश वर्षदेखि तामाङ साहित्यिक कार्यक्रम सन्चालन गदै आएको तामाङ डाजाङले ९७ औं साहित्यिक शृंखला सम्पन्न गरेको छ । सो कार्यक्रम राजधानीको आर आर क्याम्पसमा आज सम्पन्न भएको हो ।
कार्यक्रममा तामाङ भाषामा लेखिएका कविता, गीत, लघुकथा, निबन्ध, गजल जस्ता विविध विधाका रचनाहरू बाचन भएका थिए ।
स्रष्टाहरूको रचनासँगै तामाङ भाषामै पी एज डी गर्नुका साथै विगत चालीस वर्षदेखि तामाङ भाषाको ध्वानि पद्धतिको बारेमा अध्यायन गदै आउनु भएकी फ्रान्सेली नागरिक मार्टिन मजाउदको प्रस्तुति पनि रहेको थियो । कार्यक्रमा उहाँले आफूले अध्ययनको क्रममा पाएको तामाङ भाषामा ध्वानि पद्धति र भाषिक विविधता बारेको ज्ञान बाँड्नु भएको थियो । साथै मार्टिनले आफूले तामाङ, फ्रेन्च, नेपाली र अंग्रेजी गरी चार वटा भाषामा शब्दकोश छिट्टै ल्याउने जानकारी पनि दिनु भयो ।
प्रत्येक महिनाको अन्तिम शनिबार झैं यस पटकको साहित्यिक कार्यक्रममा पनि स्रष्टाहरूको उलेख्य मात्रामा सहभागिता रहेको थियो । सो कार्यक्रममा दुई दर्जनभन्दा बढी स्रष्टाहरूको रचना बाचन भएका थिए ।
आउँदो कार्यक्रम साउनको अन्तिम शनिबार सोही स्थानमा हुने तामाङ डाजाङले जनाएको छ ।
सञ्चु तामाङ (सकुला)
मिर्मिरे एफ एम, काठमाण्डौं

