Skip to content

टुक्रिएको यो मुटुलाई,……………..

“गीत”
टुक्रिएको यो मुटुलाई,गाँसी दिने भए
ज्यानै त्यागी सहन्थे चोट,हांसी दिने भए,

हिरा-मोति जस्तै माया,किन्नु पर्दो रहिछ
दुखियाले संधै तड्पी ,हिन्नु पर्दो रहिछ
खस्न खोज्दा आँशु थमाई,बसी दिने भए
ज्यानै त्यागी सहन्थे चोट,हांसी दिने भए,

टुक्रिएको यो मुटुलाई,……………..

संधै मनमा आशा बोकी,आशे हुनु पर्ने,
यस्तै हो बेसहरलाई,संधै रुनु पर्ने
मेरो निम्ति आफ्नो जीबन,मासी दिने भए
ज्यानै त्यागी सहन्थे चोट,हांसी दिने भए,

टुक्रिएको यो मुटुलाई,गाँसी दिने भए
ज्यानै त्यागी सहन्थे चोट,हांसी दिने भए……………….

राजेश रुम्बा लामा “अतृप्त”
१३-०६-२०११

Leave a Reply

Your email address will not be published. Required fields are marked *