आज भोलि हरेक साँझ
मात्र तिम्रो प्रतिविम्वले
अनायस सताउँछ मलाई
अनि रमाउँछु-
तिम्रो प्रतिविम्वको साथ ।
यो निर्झर रेगिस्तानमा
अरु बिकल्प नै के छ र ?
मध्य दिनको चर्को घाम
मध्य रातको शितल जून
अलिक परको नीलो सागर
र-
घामको किरण/जूनको शीत
सागरको पानीमा तिम्रो छायाँ
यस्तरी देख्छु मानौ
तिमी मेरो आँखा अगाडि छौ ।
किन यसरी तिम्रो तस्वीर
ऐना भएर आँखाभरि आउँछ ?
किन तिमीलाई पाउने चाहाना
छातीभरि सल्बलाउँछ ?
सावनको झरी/भदौको भेल
सबै-सबै बेअर्थ लाग्छन्
तिम्रो प्रतिविम्व अगाडि
र नै त म नत मस्तक छु
तिम्रो छायाँ-छविको सामु ।
हामी प्रेमको मिलन बिन्दुमा
अझै अल्झि रहेकाछौ
निरन्तर सम्झना आई रहनु
आँखा अगाडि तिमीमात्र छाउनु
यसलाई म कसरी बुझु ?
तर प्रिय तिम्रो प्रतिविम्वले
लक्ष्यको एक कदम
सपनाको एक छेस्को
र मलाई जीवनको
बाँच्ने आधार दिएको छ ।
-राजेश्वर ढकाल
बगुवा-६ गोरखा
हाल; दोहा-कतार
