Skip to content

खुल्ला देखेँ ढोका, भित्र, पस्न मन लाग्यो


खुल्ला देखेँ ढोका, भित्र, पस्न मन लाग्यो
खिस्स हाँसी बस भन्यौ, बस्न मन लाग्यो

थाहा भयो गहिराई, तिम्रो मुस्कानको
जति फस्यो उति उति, फस्न मन लाग्यो

चकमन्न रात थियो, अनि अँध्यारो नि
त्यही बेला जून बनी, खस्न मन लाग्यो

चिसो रात नजिकियौ, मौनताले भन्यो
तताऊ न अंगालोमा, कस्न मन लाग्यो

आँखा आँखासँग मिल्यो, ओँठ ओँठसँग
अनि पो त तिमीलाई, डस्न मन लाग्यो

2 thoughts on “खुल्ला देखेँ ढोका, भित्र, पस्न मन लाग्यो”

Leave a Reply

Your email address will not be published. Required fields are marked *