Skip to content

माया गर्ने नाममा मैले पीरमा पार्यो कि?………….

गीत
माया गर्ने नाममा मैले पीरमा पार्यो कि?
स्वतन्त्र भै उड्न खोज्दा भुइमा पो झार्यो कि ?
——————/\/\———————–
सफलताको चीखर चुम्न साथ् चाहिन्छ
माया गर्ने एका’र्काको सँधै हात चाहिन्छ
म प्रतिको तिम्रो आस्था मैले कतै मार्यो कि?
स्वतन्त्र भै उड्न खोज्दा भुइमा पो झार्यो कि ?
——————/\/\———————–
मेरो चाह सँधै तिमी फूल झैँ भै फुलोस
मेरो डर बिना सँधै आकास झैं खुलोस
हिड्न खोज्दा तिम्रो मार्ग कतै मैले बार्यो कि ?
स्वतन्त्र भै उड्न खोज्दा भुइमा पो झार्यो कि ?
——————/\/\———————–
माया गर्ने नाममा मैले पीरमा पार्यो कि?
स्वतन्त्र भै उड्न खोज्दा भुइमा पो झार्यो कि ?
——–माया गर्ने नाममा मैले पीरमा पार्यो कि…………….

राजेश रुम्बा लामा “अतृप्त”
१५-०६-२०११

Leave a Reply

Your email address will not be published. Required fields are marked *