माया गर्ने नाममा मैले दास बनाएँ कि
तिम्रो मनको ईच्छालाई लास बनाएँ कि
यस्तो होस् हाम्रो माया कुनै बाधा नहोस
सबै रुपले खुल्ला होस् कुनै आधा नहोस
तिम्रो अधिकारलाई मैले नास बनाएँ कि
माया गर्ने नाममा मैले दास बनाएँ कि
बिना शंका विश्वासको फूल फुलाउनु छ
नमुना यो प्रेमले शिखर चुलौनु छ
मेरो डरले तिम्रो मनमा बास जमायो कि
माया गर्ने नाममा मैले दास बनायो कि
जति माया गर्छु तिमीलाई त्यति विश्वास गर्छु
जता मोड रथलाई तिमी तिम्रै भर पर्छु
मेरै कारण पीरले मनमा रास बनायो कि
माया गर्ने नाममा मैले दास बनाएँ कि
राजेश रुम्बा लामा अतृप्त
१६-०६-२०११
