जिन्दगीको शुन्यतालाई उदासीले भर्यौ आज
एउटा भूल सच्याउन अर्को भूल गर्यौ आज
शयौँ वाचा कसम खाई हिड्यौ पुरा गर्छु भनी
तोड्दै सारा वचनहरू आफैँ तल झर्यौ आज
जान्न कतै तिमी नभै कहाँ बाँच्न सक्छु भन्थ्यौ
भूगोल् एउटै हुदाँहुदैँ सीमापारि तर्यौ आज
मेरो घरको वरिपरि फन्को मारी डुल्ने तिमी
मोहनीले अर्कैसँग मायाजालमा पर्यौ आज
त्यतै कतै मुटुभित्र राखी बाँच्न सिकाई दिन्थ्यौ
सँगै बाँच्ने मेरो सपना तोडी किन मर्यौ आज
बिना तामाङ
काठमाण्डौं
