आफ्नो अडान तल झारी संविधान बनाइदेऊ न
निच दलीय स्वार्थ मारी संविधान बनाइदेऊ न
तेरो मेरो किन भन्छौ? लडाँई,झगडा अब नगर
रिस् राग सबै पर सारी संविधान बनाइदेऊ न
देशै नरहे केको पार्टी? केको नेता एकपल्ट सोच
लौ डुब्न लाग्या डुङ्गा तारी संविधान बनाइदेऊ न
साँच्चै जनहित सोच्छौ भने किन गर्दैछौ झमेला
दुश्मनी बाटो फेरी बारी संबिधान बनाइदेऊ न
सधैंभरि जितेकै थियौ हैन?,भोलि पनि जितिहाल्छौ
एकपटक आज हारी संविधान बनाइदेऊ न
बिना तामाङ
काठमाण्डौं
