कस्तो काँडा बिझ्यो?
मन त्यसै बिझ्यो
हरेक चुभाई तिम्रा
शुल जस्तै बिझ्यो
कर्के आँखा पार्दा
दृश्य झनै बिझ्यो
धुर्त मुस्कान हाँस्दा
रोदन झन् बिझ्यो
अंगालोमा बाँध्दा
प्वाँख पनि बिझ्यो
साथ तिम्रो हुदाँ
रातहरू बिझ्यो
बात तिम्रो सुन्दा
आर्तनाद बिझ्यो
आफ्नै भनि रम्दा
कलंक पो बिझ्यो
बिना तामाङ्
काठमाण्डौं
