Skip to content


दशै तिहार के को पर्व भोरमा परियो
बन्दी जीवन बाख्रा बाँध्ने खोरमा परियो

को हुन्थ्यो र टुहुरालाई माया गर्ने मान्छे
मिठो खाने चाडमा पनि थोरमा परियो

हर्ष उल्लास हाँसो खुसी सबै मरी गए
भाग्य आफ्नो फुट्या’ रहेछ बोरमा परियो

गुहार माग्न कहाँ जाऊँ सबै देख्छु उस्तै
सैतानको मुटु चिर्ने स्वरमा परियो

कानुनका रक्षकले गर्छन मनोमानी
न्याय माग्न आउँदा उल्टै चोरमा परियो ।

chapagain_t@yahoo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *