राम्री भा’छन फूल-बुट्टे चोलीले
मन चोरे यी काली मोरीले
जसरी नि लिएर जाने हो
लिएर आइज भन्दैथे बाबाले
हातमा समाई तानेर लाने हो ।
एउटी बोलाऊँ अर्की रिसाउली
समाऊँ भने डरले चिच्यौली
जसरी नि लिएर जाने हो
लिएर आइज भन्दैथे बाबाले
हातमा समाई तानेर लाने हो ।
आउन कान्छी सँगै घाँस काटेर
बोकाई दिउँला म भरी बाँधेर
जसरी नि लिएर जाने हो
लिएर आइज भन्दैथे बाबाले
हातमा समाई तानेर लाने हो ।
छेउमा आऊ हँसिया लेऊ यता
तिमी बस मै घाँस कटौला
जसरी नि लिएर जाने हो
लिएर आइज भन्दैथे बाबाले
हातमा समाई तानेर लाने हो ।
यति राम्री मायालाई छोडेर
जादै जान्न एउटीलाइ नलेर
जसरी नि लिएर जाने हो
लिएर आइज भन्दैथे बाबाले
हातमा समाई तानेर लाने हो ।
बरु भारी म आफै बोकुँला
अघि हिड म पछि लागुँला
जसरी नि लिएर जाने हो
लिएर आइज भन्दैथे बाबाले
हातमा समाई तानेर लाने हो ।
मोती जस्ता ती दन्त लहर
मनै शितल देखेर हरर
जसरी नि लिएर जाने हो
लिएर आइज भन्दैथे बाबाले
हातमा समाई तानेर लाने हो ।
कालो केश रातो धागो छ
कहिले भेटौं मनमा भाको छ
जसरी नि लिएर जाने हो
लिएर आइज भन्दैथे बाबाले
हातमा समाई तानेर लाने हो ।
तीर्थ “यात्री” पौडेल
