Skip to content

मनको बाँध भत्किएर, जता-ततै बाढी गयो


मनको बाँध भत्किएर, जता-ततै बाढी गयो
आफ्नै जीवन तीरमा भुली आफ्नै मनले छाडी गयो

समुद्रको छाल बनी चारैतिर ठोकिन खोज्छ
राख्न खोज्छु लुकाएर हरेक मोडमा पोखिन खोज्छ
हावा हुरी असिनाले सबै चाह माडी गयो
आफ्नै जीवन तीरमा भुली आफ्नै मनले छाडी गयो

समयले डाहा गर्छ फुस्रो हाँसो हाँस्दा पनि
तुवाँलोले छाउँछ आकास तडपिएर बाँच्दा पनि
लाग्छ अब बाँच्ने रहर भूमरीमा गाडी गयो
आफ्नै जीवन तिरमा भुली आफ्नै मनले छाडी गयो

बाढी पहिरो सहेको थिएँ खडेरी नि सहेको थिएँ
हरेस नखाई सारा चोटमा झनै निडर भएकै थिएँ
एउटा मन थियो भरोशाको त्यो मन पनि फाडी गयो
आफ्नै जीवन तीरमा भुली आफ्नै मनले छाडी गयो

मनको बाँध भत्किएर, जता-ततै बाढी गयो
आफ्नै जीवन तीरमा भुली आफ्नै मनले छाडी गयो

राजेश रुम्बा लामा “अतृप्त”
२२-०६-२०११

Leave a Reply

Your email address will not be published. Required fields are marked *