थाहा छैन जीवन कहाँबाट शुरुवात भयो
अनि कसरी अन्त्य हुन्छ
जब मेरा आँखाहरू खुले मैले आफूलाई
कुनै स्वर्गनगरीमा पाएँ
जहाँ पुष्परुपी बादलहरू लुकामारी खेल्दै थिए
निला निला गगनमा म आनन्द बिभोर हुदैँ विचरण गर्दै थिएँ
मेरा वरिपरिको दृश्यहरूले म दिग्भ्रमित भएको थिएँ
म यसैमा रम्न खोज्दै थिएँ
खुलस्त हुदैँ जीवन व्यतित गर्न खोज्दै थिएँ
कतैबाट मलाई अन्तै जान निर्देशन आयो
म बिस्तारै त्यही निर्देशनमा
धर्तीमा अबतरित भएँ
धर्तीमा मलाई माटोले चुम्बन गर्यो
म गलत्तै गलें
उन्मादले छाती ढक्क फुलेर आयो
कहीं कतैबाट मधुर किरणहरू मतिर आउँदैथ्यो
म एकटक लाएर हेर्न थालें
ती किरणहरू एकिकृत भएर मलाई नै चुम्दै थिए
म आह्रादित भएँ
शितल हावाको झोकांहरूले मलाई स्पर्श गर्दै थियो
सुर्योदय हुदैँ थियो
सायद बिहानीले मेरो शरीर छुदैँ थियो
मैले अझ प्रखर दिनको कामना गरें
बिहानी त यति सुन्दर् थियो भने
दिन कस्तो होला भनि कल्पना गरें
बिस्तारै मेरो चाहनाले रङ्ग ल्याउँदै थियो
अब बिहानी बिहानी नभई मध्यान्हको उष्णा बन्दै थियो
शरीर तात्न थाल्यो
पसीनाले निथ्रुक्क्कै भएँ
दुई हातले त्यो राप छेक्ने असफल प्रयास गरें
उफ्! तर सकिन त्यो दिन मैले सोचे जस्तो थिएन
म पाक्दै थिएँ, पोलिदैँ थिएँ
म छ्ट्पटाएँ, तड्पिएँ, भट्भटिएँ
असह्य भयो, डाहा भयो
अब ममा सहनशक्ती हराउंदै थियो
म पीडाबाट मुक्त हुन चाहन्थें
दु:ख, कष्टबाट उनमुक्त हुन चाहन्थें
टाढा टाढा भाग्न चाहन्थें
सायद मेरो पीडाबोध भयो क्यारे
प्रकृतिले मलाई गोधुलिको काखमा राखिदियो
जहाँ जादुमय संसार थियो
सोचे भन्दा पृथक संसार
म स्वप्नसंसारमा लिन हुन थालें
काल्पनिक दुनियाँमा हराउन थालें
अनि चन्द्र उदयको बेचैनीले प्रतिक्षा गर्न थालें
चारैतिर मेरो हाँसो गुञ्जयमान भयो
म खुसीले प्रफुल्लित थिएँ
म विश्वस्त थिएँ
मेरो आकांक्षा पूरा हुनेछ भनेर
तर तर अहं मैले सोचे जस्तो भएन
चन्द्र उदाएन मात्र निस्पष्ट रातको आगमन भयो
अध्याँरो, अनियन्त्रित अनि अव्यवस्थित रात्री मात्र
बिचित्रको संसार पाएँ
फेरि उहि दु:खको भवसागरको आगमन भयो
आँखा झिम्मिक गर्न नपाउँदै
पलभरमै निशाले मलाई आलिगंन गर्यो
आफूमा लिन गराउँदै थियो
मेरो अस्तित्व माथि धावा बोल्दै थियो
चारैतिर झ्याउँकिराको झ्याउँ झ्याउँ
किराहरूको एकहोरो क्यार् क्यार्
भ्यागुतोको ट्वार् ट्वार्
मेरो मथिगंल घुम्न थाल्यो
कृष्णको सुदर्शन चक्र घुमे झै
पृथ्वी फन्फन्ती घुम्दै थियो
भन्भन्ती रिङ्गटा लाग्न थाल्यो
म निस्सासिएँ, आवाजहरू दबिदैँथियो
मुटुको धड्कन बन्द होला झै भयो
स्वतन्त्रताको लगि लड्न थाले
आफ्नो अस्तित्व जोगाउन युद्द् गर्न थालें
उच्छावासबाट उन्मुक्तिको श्वास फेर्न खोजें
जति युद्द लड्न थालें उति नै रात कसिदैँ थियो
अधेंरीसंग मेरो पौँठेजोरी चल्दै थियो निरन्तर
चल्दैथियो जुन आजसम्म पनि यथावत छ
म युद्दरत नै छु
स्वतन्त्रताको लँडाईमा सख्त घाईते हुदाँहुदैँ पनि
जीवन बचाउन लालायित छु म
त्यसैले म अनवरत संघर्ष गर्दैछु
म बाँच्न मन पराउँछु उज्यालो मन पराउँछु
जहाँ निर्भय, निर्धक्क, निसंकोच
खुला आकाश मुनि म
हर दृश्यवलोकन गर्न सकुँ
म त्यस्तो सुर्योदयको प्रतिक्षामा छु
बिहानीको आगमनको स्वागतमा तम्तयार छु
मलाई थाहा छ फेरि बिहानपछि
मध्यान्ह अनि निस्पष्ट रात हुनेछ
फेरि चक्रीय प्रणालीमा जीवन चल्नेछ
कहिले हाँसो, खुसी, उन्माद त
कहिले रोदन, पीडा, अनि बन्धन
तथापी म यो अन्धकारबाट मुक्त हुन
संघर्षरत नै छु
सायद यही नै जीवन हो
शुरुवात जहाँबाट हुन्छ त्यही अन्त्य र
जहाँ अन्त्य हुन्छ त्यहीबाट शुरुवात हुन्छ
बिना तामाङ
काठमाण्डौं

Sarai ramro
Sarai ramro
Malai sarai man paryo. Yasto
Malai sarai man paryo. Yasto Bhabana kasko lagi ho?
धन्यवाद यहाँहरुलाई मेरो
धन्यवाद यहाँहरुलाई मेरो रचनालाई मनपराईदिनुभै दिनुभएको सुन्दर प्रतिकृयाको लागि।
बिना तामाङ म्याडमको “जिवनी”…
नमस्कार म्याडम !
जिवन कविता लामो भए पनि पढें । राम्रो छ । पढ्न पाएकोमा खुशि छु ।
धन्यवाद ।
शुभयात्रा ।
धन्यवाद ठिस सर यहाँलाई पनि
धन्यवाद ठिस सर यहाँलाई पनि व्यस्त समयको वाबुजुद पनि मेरो कबिता पढिदिनुभएकोमा।
धन्यवाद ठिस सर यहाँलाई पनि
धन्यवाद ठिस सर यहाँलाई पनि व्यस्त समयको वाबुजुद पनि मेरो कबिता पढिदिनुभएकोमा।