Skip to content


गौतम बुद्धको जन्मभूमि
शान्त मेरो देश
यतिखेर बम र बारुदको आतंकले
घाइते छ मेरो देश ।

सगरमाथा चिनारी थियो
कुनैबेला मेरो देश
यतिखेर तस्कर र भ्रष्टाचारीहरूको
चिनारी भयो मेरो देश ।

नदीनालाले भरिपूर्ण जलस्रोतको
खानी थियो मेरो देश
अब अँध्यारोमा सधैँ छटपटाउने
बन्यो मेरो देश ।

हरियो वन नेपालको धन
थियो मेरो देश
आज उजाड मरुभूमिमा रूपान्तरित
भयो मेरो देश ।

जस्तो थियो बरु
ठीकै थियो मेरो देश
तर, नयाँ नेपाल बनाउनेहरूले
कंगाल पारे मेरो देश ।

दुई ढुंगाले चेप्टिएर घाइते
छँदै थियो मेरो देश
फेरि आफन्तले नै कोपरेर क्षतविक्षत
पारे मेरो देश ।

अब जाग्नुपर्छ जुर्मुराएर
उठ्नुपर्छ मेरो देश
भाषणले मात्र चोला फेर्छौं भन्नेहरूबाट
जोगाउन एकजुट हौँ
मेरो मेरो देश ।

नेपाल साप्ताहिक ४५१

Leave a Reply

Your email address will not be published. Required fields are marked *