Skip to content

रुँदी होलिन मेरी आमा


चिल्लो खेतको आलीमाथि, खाली खुट्टा टेक्दै
रुँदी होलिन मेरी आमा पीरको भारी बोक्दै

छोरी सबै पराई घर छोरा विदेश बस्दा
भिज्यो होला टाले चुली, आँशु छल्की खस्दा
सुम-सुम्याउँदै धानको बीऊ,आफ्नो दु:ख पोख्दै
रुँदी होलिन मेरी आमा पीरको भारी बोक्दै

जाँड धोकेर सँधै होला बाबा गाउँ घरमा
बुढी आमा सँधैभरि भिज्दै मेला पर्म
चिसो लागी साँझ बिहान लामो खोकी खोक्दै
रुँदी होलिन मेरी आमा पीरको भारी बोक्दै

गाई-बाख्रा नि हेर्नु पर्ने भैंसीले घाँस खोज्दो हो
बेलामा खान नपाउँदा पेट नि कति घोच्दो हो
चुलो बाल्ने कोही नहुँदा बासि ढिडो टोक्दै
रुँदी होलिन मेरी आमा पीरको भारी बोक्दै

राजेश रुम्बा लामा “अतृप्त”
२८-०६-२०११

Leave a Reply

Your email address will not be published. Required fields are marked *