संबिधान बने पनि
कानुन बने पनि
लागु गरीबलाई न हुने हो
धनीलाई त यहाँ सब छुट छ ।
जति कडा नियम भए पनि
ठुला बडालाई यहाँ
ठुलै गल्ती गरे पनि
कानुनमाथि चढे पनि
सम्मानजनक थुनछेक छ
निमुखालाई यहाँ
सानो गल्ती गर्दा पनि
लाठी र बुट छ ।
धनीलाई यहाँ
ॠण तिरे पनि नतिरे पनि
ब्याज मात्रा कहाँ हो र सावामा पनि छुट छ।
तर बिचरा गरीबको
सानै रकम नतिर्दा पनि
छाकबस नै उठछ ।
एकतन्त्र होस वा गणतन्त्र
धनीलाई सधैं यहाँ
सबै तन्त्रमा लुट छ
तर गरीब निमुखालाई
सबै तन्त्रले भुट्छ।
कमजोर र निर्बल यहाँ
पसिना बगाउँदा बगाउँदै
पेट भर खान नपाई
जिन्दगी टुट्छ ।
बलिया र शक्तिवानलाई
भ्रष्टाचार गरेर हो वा
घुस दुइचार गरेर होस
धन कमाउन छुट छ।
कुरो गर्नेहरू
साम्यवाद गरे पनि
समाजवादमा परे पनि
सबको धन कुम्ल्याउने गुट छ।
