देशको लागि हामी सबै जुट्नु पर्यो प्रवासबाट
हेर्न छाडी अरुको मुख उठ्नु पर्यो प्रवासबाट
आज भन्दा भोलि भन्दा झनै भद्रगोल भयो देश
बचाई राख्न जन्मभूमि कुद्नु पर्यो प्रवासबाट
देशै छाडी परदेश बसी दोस नलाऊँ अरुलाई
सबै निकास दिने मूल फुट्नु पर्यो प्रवासबाट
छटपटी हेर्दै देशको किन बस्ने धनको लोभमा
आफ्नो कर्तव्यबोध गर्दै छुट्नु पर्यो प्रवासबाट
राजेश रुम्बा लामा ‘अतृप्त”
०३-०७-२०११
