Skip to content

ओईलिएर तिमी झर्यौ, टुट्यौ कहाँ-कहाँदेखि


ओईलिएर तिमी झर्यौ, टुट्यौ कहाँ-कहाँदेखि
एक्लिएँ म पर भएँ, छुट्यौ कहाँ-कहाँदेखि

रित्तो भयो सिउँदो पनि, फुटे चुरा पोते सबै
अब छैन मातमा लाली, लुट्यौ कहाँ-कहाँदेखि

जाल साची तिम्रै रैछ, घात दिने धोको तिम्रै
पारि थियौ मेचीकाली, जुट्यौ कहाँ-कहाँदेखि

अनन्तको यात्रा सम्म, कति साथ दिन्छु भन्यौ
गन्तब्य एउटै थियो, फुट्यौ कहाँ-कहाँदेखि

अनुहार दनुहार् भो, दुनियाको लाज लाग्यो
थाङ्गनोमाथि सुताएर, उठ्यौ कहाँ-कहाँदेखि

Leave a Reply

Your email address will not be published. Required fields are marked *