“गीत”
पहाडको खोला,छंग छंग गर्ने छहरा
रुँदै होलान कठै !खोज्दै मेरो सहारा
~~~~~~~~~~~~~~~~~~~~~~~~
सयौं थरि फूल फुल्थियो,तारा सरि पाखाभारी
छ-छल्किएर हाँस्थ्यो सीत,सुन्दर फूलको आँखाभरी
मैले गाउँदा साथ् दिंदै,गुन्जिनी त्यो पहरा
रुँदै होला कठै !खोज्दै मेरो सहारा
~~~~~~~~~~~~~~~~~~~~~~~~
भिर धाउथे सधैं भरि,बन पनि धाउथे
गीत गाउँथे प्रित लाउथे,घाँस काटी ल्याउथे
झरी छिर्दा भित्र,म जन्मेको टहरा
रुँदै होला कठै !खोज्दै मेरो सहारा
~~~~~~~~~~~~~~~~~~~~~~~~~
पहाडको खोला,छंग छंग गर्ने छहरा
रुँदै होलान कठै !खोज्दै मेरो सहारा
~~~~~~~~~~~…………………..
राजेश रुम्बा लामा “अतृप्त”
०५-०७-२०११
