Skip to content


बिरह रुँदा मन भो एक्लो बुझ्दैन पिडा उही
जसको लागि तडपिन्छ छाती बुझ्दैन निर्मोही
ढुंगा हुँदा लौ आउथ्यो सधै छर्किन्थ्यो अबिर
सुनाउदै व्यथा थरि थरिका बनाउथ्यो अधीर

अन्तर हुदो रहेछ माया, ममता र दयामा
असक्त मनको उपचार भेटे न पुस्तकालयमा
अचेतन अतित सम्झेर कष्ठ न खुसि यादमा
चेतना नदेउ हे कर्म दाता भो व्यर्थै बादमा

यो रात सायद निदरी मोरी माइतै रमाउछे
बिहानी पख हतारमा आई दिन लौ डुबाउछे
लाटोकोसेरो पठाथी हिजो अबेर हुँदा मिलन
उल्लु म होइन कसरी भनु बुझे पछी लौ चलन

कुबेर दुनिया सुदामा साथि कनिका नसाच
अबेर ब्युझी बित्थामा राति एक्लै नबाझ
झुपडी थियो भूकम्प सित हारेन भैगो लौ
कसैको भूल रहेन दैव,व्यर्थै मरेछ इख लौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *