मुखले राम राम बगलीमा छुरा बोक्छ
सित्तैमा पायो भने धान हैन भुस धोक्छ
चुरोट गाँजा तान्दै हिड्छ जोगी जस्तै बनी
श्वासप्रश्वास रोक्ला जस्तै रातैभरि खोक्छ
छेपारोले झै रङ्ग फेर्दै कति झुट बोल्यो
संसारसामु सच्चा बन्दै गुनासो नि पोख्छ
पापको भारी बोकी हिड्छ त्यो हृदयभरि
धर्मको नाउँ गर्दै रोजै मुर्तीलाई ढोग्छ
दुर्बलहरू सबै मरोस् मै खाउँ मै लाउँ
साँझबिहान सधै यही मूलमन्त्र घोक्छ
बिना तामाङ
काठमाण्डौं
