झमझम वर्षा, तिरिमिरी पानी ।
मेरो धड्कन, बन्यो मझेरी ।।१।।
तपतप थोपा, शीतको लहर ।
धकधक धड्कन, बन्यो मझेरी ।।२।।
धपधप वल्यो, दीपक वाँती ।
फुर्नै थाल्यो, भावहरू भाँतीभाँती ।।३।।
टकटक जून, मझेरी हुन ।
लम्किन्छु सधै, चन्द्रमा छुन ।।४।।
खटखट गुन्ज, मझेरी पुञ्ज ।
एकदिन शिखर अवश्य छुन्छ ।।५।।
वि.वि.भुजेल (२०६८।३।२६)

धड्कन मेरो मझेरी
‘मझेरी’ भनेर हाम्रै ‘मझेरी डट कम’लाई त भनिदिनुभा’ होला नि, हैन ? 🙂
हामी तपाईंको धड्कन बन्न सकेकोमा धेरै खुसी छौं । हाम्रो धड्कन भनेको तपाईं जस्ता लेखक-पाठक नै हुनुहुन्छ । यहाँ आउनुहोस्, साहित्यिक खुराकहरू पढ्नुहोस्, रमाउनुहोस्, आ-आफ्नो वौद्धिकत्वलाई साह्रै थोरै भए पनि माथि पुर्याउनुहोस् । त्यसमा नै हामी धेरै सन्तुष्ट छौं ।
अँझ, केही प्रतिकृया र साहित्यिक रचनाहरू थपिदिनुभएमा त हामी धन्य नै हुन्छौं, जस्तो अहिले भैरहेका छौं तपाईंप्रति ।
‘लम्किन्छु सधै, चन्द्रमा छुन ‘
–त्यो हाम्रो पनि लक्ष्य हो । तपाईंहरूको हौसला अपरिहार्य छ ।