Skip to content

जिन्दगीको सौदाबाजी, गर्दैछु किन म

ShivRajYogi


जिन्दगीको सौदाबाजी, गर्दैछु किन म
एक बार जिउन दशौं बार खै, मर्दैछु किन म

बसन्त नै आयो भन्छ, कोइलीले कुर्लिएर
मनको आँधीबेहरीमा खै, झर्दैछु किन म

थाहा छ कि यो प्यालाले, पीडा पखालिन्न भन्ने
फेरि प्याला माथि प्याला, भर्दैछु किन म

बारबार मरी जिउनु भन्दा, मरिजानु जाती भन्छन्
फेरि पनि यो मैदानमा, डर्दैछु किन म

चोट पाउँछ बिरालोले, मुसाले धान खाए पनि
फेरि पीडा खेप्न अघि, सर्दैछु किन म

सागर छिचोलेर छोइन्न, त्यो किनारा था’छ मलाई
र पनि यो महासागर, तर्दैछु, किन म

२०६६/०६/१६

1 thought on “जिन्दगीको सौदाबाजी, गर्दैछु किन म”

  1. hi
    dherai ramro hajur ko gajal i like.k malai hajur le mero mail ma yetai ramra gajal haru send gri dna saknu hunchha hola please.ma hajurki najik ko sathi banna chahaanchhu pls.i hope you will be send me.aanik7@yahoo.com mero mail id.

    me
    aanik rana magar
    butwal

Leave a Reply

Your email address will not be published. Required fields are marked *