Skip to content

जूनकै सामु तिम्रो बयान,गर्न मन छ……….

गीत
जून-तारालाई साक्षी राखी,हेर्न मन छ आकासबाट
जूनकै सामु तिम्रो बयान,गर्न मन छ आकासबाट
“““““““““““““““~“““““““““““!
तिम्रो निम्ति काट्थे ग्रहण,बादल लाग्दा फटाइ दिन्थे
तिम्रो भागको सबै औंशी,सदालाई म हटाइ दिन्थे
जूनको प्रकाश पैंचो मागी,छर्न मन छ आकासबाट
जूनकै सामु तिम्रो बयान,गर्न मन छ आकासबाट
“““““““““““““““~“““““““““““!!
तिमी फुल्ने बकैंचामा,बर्षै दिन्थे मनसुन पानी
रुजाएर अंग-अंग चियाउथे म,ति जवानी
सर्माएर मुस्कुरौंदा,झर्न मन छ आकासबाट
जूनकै सामु तिम्रो बयान,गर्न मन छ आकासबाट
“““““““““““““““~“““““““““““!
जून-तारालाई साक्षी राखी,हेर्न मन छ आकासबाट
जूनकै सामु तिम्रो बयान,गर्न मन छ आकासबाट
“““““““““““““““~“““““““““““!
राजेश रुम्बा लामा “अतृप्त”
११-०७-२०११

1 thought on “जूनकै सामु तिम्रो बयान,गर्न मन छ……….”

Leave a Reply

Your email address will not be published. Required fields are marked *