म सपनाहरूको अचेल, दाशी भएर जिएको छु
खै किन झुत्रो घरमा, बिलासी भएर जिएको छु
छन् रहरहरू जीवितै, देख्छु निदरीमा
देशको कच्हरीमा, निराशी भएर जिएको छु
पिएर जलको धारा, तिर्खा नमेटि जाने
शान्तिको मुल पीउने, प्यासी भएर जिएको छु
खुवै धारिलो ‘कर्दा’ , भन्थे बा–आमाले
म त अचेल बोदो, आँसी भएर जिएको छु
वि.सं.२०६६/३/१
