Skip to content

कहाँ खोजु म


चर्किएर टुक्रा भो देश गएर कहाँ खोजुँ म?
फेरि जोड्न पृथ्वी नारायण भएर कहाँ खोजुँ म ?

देशको अश्मिताता लुटिरहेछ कसरी म हेर्न सक्छु
छिमेकीको आर्थिक दमन सहेर कहाँ खोजुँ म?

भौतारिंदै चारैतिर नेपाल खोज्न हिडेकी थिएँ
लाथालिंगै भेटें मैले सम्हालिएर कहाँ खोजुँ म?

नेपालको झन्डासँगै यौटा हातमा नक्सा बोकी
नभएको बलभद्रलाई ल हेर कहाँ खोजुँ म?

Leave a Reply

Your email address will not be published. Required fields are marked *