धनी होइन ज्ञानी बन
लोभी होइन नि दानी
दुखबाट मुक्त होइन
जुधी बाचौं जिन्दगानी
जे रोप्यो नि त्यही फल्छ
झुटको खेती कहाँ चल्छ
केही पलको रमाइलोमा
जिन्दगी नै जल्न सक्छ
सानो संसार सुखी संसार
बिद्या बुद्धि जसको आधार
सजाऊ सत्यको धनले
घर अनि आफ्नो बजार
