Skip to content

रहस्यमय प्रीति


प्रीतिभित्र बाँध्नलाई, यौटा एउटा यात्रा तय भयो
सुस्तै–सुस्तै दिनसँगै, छोटो परिचय भयो ।।

नजिकियौं कति छिटो, मन खोल्ने चौतारीमा
शितल ताप्दा दुनिँयाको, आँखा पर्ने भय भयो ।।

फोनबाट भेट भयो, कति दिन कहाँ–कहाँ
खुस्स कानमा भनेकै हौं, विशाल विजय भयो ।।

दुखःहरू टाढा भागे, न त परिकल्पना नै
सुखै–सुख तरेलीमा, हाम्रो यौटै लय भयो ।।

एकदिन अकस्मात, बज्रपात हुन पुग्यो
लेखाजोखा गर्नै बाँकी, कस्को कति क्षय भयो ।।

केही मेसो भएन खै, के–के ऐंचो पैंचो चल्यो
जुट्यो टुट्यो बैंशे माया, क्या रहस्यमय भयो ।।

–रचनाकालः–२०६३÷०८÷२८

Leave a Reply

Your email address will not be published. Required fields are marked *