Skip to content

तिम्रो दिलको सरकारमा भेटिन्छ ऊ

  • by


तिम्रो दिलको सरकारमा भेटिन्छ ऊ
र ईज्जतदारको, बजारमा भेटिन्छ ऊ

चर्चासँगै व्यस्तताको, कुरा नगरौं के
धरान कहिले भेडेटारमा भेटिन्छ ऊ

छेपारा हो रंग फेर्छ, बोल्छ मीठो कुरा
अचेल फूलको, सवारमा भेटिन्छ ऊ

संसारलाई जिते भन्दै जति ऊफ्रे पनि
भीत्र आफैसँगको, हारमा भेटिन्छ ऊ

नारी हकको दिनैभरि वकालत गर्छ
साँझपख रेष्टुरेण्ड र बारमा भेटिन्छ ऊ

Leave a Reply

Your email address will not be published. Required fields are marked *