केटा
तिम्रो नजर वाण भयो दिलमा वारपार भयो
पिरतीमा तिम्रो जीत सधै मेरो हार भयो ।
केटी
हजुरलाई दिलमा राखे देवता सम्झी पुजा गरे
पिरतीको खेलमा हजुर जीत जीवन सार भयो ।
केटा
जून सम्झी तिम्रो रुप हेर्छु पूर्णिमा पर्खिएर
खग्रास चन्द्र ग्रहण हेर आज काँडे बार भयो ।
केटी
रात दिन तिम्रै यादमा बसेकी थिए टोलाएर
तिमी आयौ हात थाम्न खुशी हजार भयो।
केटा
यो जिन्दगी तिमीसँगै जिउने मेरो सपना हो
तिम्रो साथ पाएपछि जीवन मेरो सकार भयो ।
केटी
आधा आधा थियौ हामी दुई मुटु दुई तीर
एकै ठाँउ भयौं आज मुटु पूण आकार भयो ।
तीर्थ “यात्री” पौडेल
गजलमा नयाँ गर्दै सुझाब र सल्लाहको लागि तपाईहरु सामु पस्केको छु न्यायिक प्रतिक्रिया दिनु होला । “प्रशंसाले मान्छेलाई
भुत्ते बनाउछ।”
