फूल हौ तिमी लाग्थ्यो मलाई
तर काँडा रहिछौ,
आफ्नै मुटु सामु लाग्थ्यो
तर टाढा रहिछौ !
अन्जानमै बस्यो माया
धेरै सपना सांचे,
तिम्रो निम्ति कयौ पटक
आफ्नै मुटु भाँचे !
औधि निर्दोष लाग्थ्यो मलाई
तिमीले हेर्ने नयन,
अपुरो नै लाग्थ्यो संधै
गर्न खोज्दा बयान !
देखाई हाल्यो आज तिमीले
आफ्नो असली गुण,
पिउन सम्म पिइ दुध
चुस्न खोज्यो खुन !
यति बिग्ना विश्वास गर्नु
मनै दोषी थिएँ
समय कस्तो थाहा नपाउनु
मनै बि-होसी थिएँ!
जत्त पानी उतै माछी
बन्दो रहिछौ तिमी,
खुशी सबै लुटे पछी
हिन्दो रहिछौ तिमी !
तिम्रै खुशी मेरो चाह
भन्ने गर्थे मैले
धिक्कार लाग्यो आफै देखि
आफैलाई आहिले ….
…….आफैलाई आहिले ….
राजेश रुम्बा लामा “अतृप्त”
१६-०७-२०११
