इच्छा, मरिसकेपछि रहरका के कुरा
साला ! जिन्दगीको अब, खबरका के कुरा
गर्नु जति नपिएकै बिषले गरिसकेपछि
बजारमा किन्न पाईने, जहरका के कुरा
मन्द मन्द बोल्दै मान्छे, छुरा रोप्छन् छातीभित्र
कहिले कतै लड्नु पर्ने, कहरका के कुरा
सुनामी नै चलेपछि भाग्यमाथि जिन्दगीमा
भोगिएकै छ त जाबो, नहरका के कुरा
आफै पनि हराई जाने भीडभित्र एक्लै छु म
आफन्त नै पराई हुने, शहरका के कुरा
अँध्यारोमा मोती टिप्ने–हरू पनि देखेको छु
मलाई बोझ बनी आउने, प्रहरका के कुरा
छन्दमय बनाउने रहर थियो जिन्दगीलाई
आख्यानसम्म बनेन त, बहरका के कुरा
मितिः २०६७-०३-२४, अनामनगर

छन्दमय बनाउने रहर थियो
छन्दमय बनाउने रहर थियो जिन्दगीलाई
आख्यानसम्म बनेन त, बहरका के कुरा
Every body wants to make It to his own life. Superb.
Yogi Ji, Zindagi lai ramari
Yogi Ji, Zindagi lai ramari bujhnu va rahe6. Aagami din ma pani yastai Gajal padhna payiyos. Thanks.