आखाँभरि सपना तिम्रो छाउन थाल्यो
यो मनले शितलु प्रीति लाउन थाल्यो
तिमीसँगै बाँच्ने रहर अंगालीदेऊ
छरिएछु मायामा तिमी संगालीदेऊ
कोइलीले सुरिलो गीत गाउन थाल्यो
यो मनले शितलु प्रीत लाउन थाल्यो
दुई मुटु एउटै प्राण बनाएकी छु
ईशाराले तिम्रै हुँ भनी जनाएकी छु
धड्कनले नजिकै तिमी पाउन थाल्यो
यो मनले शितलु प्रीत लाउन थाल्यो
आखाँभरि सपना तिम्रो छाउन थाल्यो
यो मनले शितलु प्रीत लाउन थाल्यो
बिना तामाङ
काठमाण्डौं

i like it
i like it
tnx…..for like.Ramesha ji
tnx…..for like.Ramesha ji
jeevan la kachuali pharna
jeevan la kachuali pharna lagipachi yesti ho hujur.