विशवास गरी तिमीलाई आफ्नै मन दुखाएको छु
दोष छैन केही तिम्रो मूल्य त मैले चुकाएको छु
बदनामी छन् यी ओठहरू, बदनामी छन् बाटोहरू
हिंड्दा हिंड्दै भेटें कसैलाई शिर मैले झुकाएको छु
दोष छैन केही तिम्रो मूल्य त मैले चुकाएको छु
निर्दोष थियो मन मेरो निर्दोष थिए यी हाँसोहरू
मुस्कान लिएर ओठमा आँसु अझै लुकाएको छु
दोष छैन केही तिम्रो मूल्य त मैले चुकाएको छु
तिमी बाच्नु हासी खुसी त्यो रमाइलो संसारमा
मेरा सारा हासो खुसी तिमीलाई नै लुटाएको छु
दोष छैन केही तिम्रो मूल्य त मैले चुकाएको छु

So sweet & Nice gajal,
So sweet & Nice gajal, thanks.
Kata kata Mutu nai 6uyo hai,
Kata kata Mutu nai 6uyo hai, so sweet gajal. Thanks Dil Maya Thapa jee.