कल्ले पुरा गर्ने होला सपना यो शहिदको
रगतको मूल्य सम्झ प्रार्थना यो शहिदको ।
के भन्यौ खै देशै बण्डा गर्नेहरुसँग अब
बाह्रै मासे घाउ भयो बिपना यो शहिदको ।
देशकै लागि बलिदान आहुति भो जीवन पनि
स्वतन्त्र होस देश भन्ने जपना यो शहिदको ।
रगतको टिका लायौ बीरयोद्धा ढल्दा खेरी
कुर्सी चड्ने सिडी मान्यौ साधना यो शहिदको ।
भाग बण्डा नगर भो सिङ्गो देश नेपाललाई
आत्मशान्ति मिलोस बिन्ती कामना यो शहिदको ।
तीर्थ “यात्री” पौडेल
