म एक्लिंदैछु विलिन हुन
हराउदैछु समाहित हुन
र बुझ्नेछन जगतले
गयो हेर चिलिम हुन
परिणामको अभिलाषाले
बिक्षिप्त हुदै सम्हालिंदै
चिन्ता ग्लानिले रित्तिदै
म व्यर्थै फेरि भरिंदै छु
मात्र बोरामा सीमित हुन
कराउँदैछु अनुग्रहित हुन
र झन् बुझ्नेछन् जगतले
आयो नयाँ फिलिम हुन
अभ्यस्त अनि अनवरतका
असंख्य दह्रा प्रयास मेरा
रोटेपिङ् र दशैँको फेरो झैँ
फुत्त दूर अनाम शहरमा
पासपोर्ट किन फ्याकिरहेछ
स्याटेलाइटका सिग्नलहरू
इर्ष्या भन्दा ढिला रहेछन
खानीबाट निक्लेका सुनहरू
जोगी झुन्ड्यउने किला रहेछन
बिना पूर्वाग्रह फेरि पनि
निरन्जन निराकार एक्लिंदैछु
आफैंबाट छुट्टिएर, भेटिन
र बुझ्नेछन जगतले
लाग्यो साधु सिलीम हुन
