सिस्ने खोला उर्लिदाको, मज्जा पनि बेग्लै
जोडी ढुकुर कुर्लिदाको, मज्जा पनि बेग्लै
जलकन्यामाईलाई भेटी, चढाएर आए
माया तिम्रो पर्किदाको, मज्जा पनि बेग्लै
आमा तिमी अँश्रुधारा, लुकाउदै न्यास्य्रौ
बर्षौ पछि फर्किदाको, मज्जा पनि बेग्लै
दोबाटोमा छिर्के लगाई, जाम चल्या छरे
झ्याल ढोका चर्किदाको, मज्जा पनि बेग्लै
सबै मेरा लाम लागे, बैस ढकमक्क
लटरम्म लर्किदाको मज्जा पनि बेग्लै
शासन र सत्तामाथि, रजाई सामन्तीको
पन्चामृत छर्किदाको मज्जा पनि बेग्लै
