“गीत”
दिनमा पीरको भारी बोक्दै,राती कोल्टे फेर्दै
कति बसौं ए परदेशी,तिम्रै बाटो हेर्दै /
~~~~~~~~~~~~~~~~~~~~~~~~~
आयो-गयो धेरै ऋतु,तिमी आएनौ
मेरो मनमा आंधी चल्दा,थाहा पाएनौ
तिम्रै यादमा कति बसौ,निर्दोष कपी कोर्दै
कति बसौ ए परदेशी,तिम्रै बाटो हेर्दै //
~~~~~~~~~~~~~~~~~~~~~~~~~
कति काटे जूनेली रात,तिम्रै यादमा रुँदै
कति उठे बिहानी त्यो,लाली बिहिन हुँदै
तड्पी-तड्पी आफ्नै मुटु,पीरको धारले सेर्दै
कति बसौ ए परदेशी,तिम्रेई बाटो हेर्दै /
~~~~~~~~~~~~~~~~~~~~~~~~~
दिनमा पीरको भारी बोक्दै,राती कोल्टे फेर्दै
कति बसौं ए परदेशी,तिम्रै बाटो हेर्दै ……..
……….कति बसौं ए परदेशी,तिम्रै बाटो हेर्दै …..
–>राजेश रुम्बा लामा “अतृप्त”
०१-०८-२०११
