नेपालीको छोरी हजुर, डोको नाम्लो बोक्दै
मैले हिंड्नु पर्ने सधैँ, लेक बेँसी टेक्दै
रुजाएर चोली-गून्यु साउने झरी पर्दा
आधी उमेर ढल्क्यो हजुर, लेक-बेँसी गर्दा
गए कति हङ्काङ, इजराइल, मैले देख्दा-देख्दै
मैले हिंड्नु पर्ने सधैँ, लेक बेँसी टेक्दै
परदेश जाऊँ त धन छैन, खाली थैली हेर्दै
बस्नु पर्यो सधैँ हजुर, सपना मात्रै फेर्दै
दुखी परेँ बस्नु पर्यो, सधैँ पीरलाई थेक्दै
मैले हिंड्नु पर्ने सधैँ, लेक बेँसी टेक्दै
नेपालीको छोरी हजुर, डोको नाम्लो बोक्दै
मैले हिंड्नु पर्ने सधैँ, लेक बेँसी टेक्दै
मैले हिंड्नु पर्ने सधैँ, लेक बेँसी टेक्दै
राजेश रुम्बा लामा “अतृप्त”
०२-०८-२०११