Skip to content

बैगुनीको मन पग्लेन, बिन्ती गरी रुँदा पनि


आफै सामु कुल्ची गाइन, मुटु झिकीदिँदा पनि
बैगुनीको मन पग्लेन, बिन्ती गरी रुँदा पनि

छट्पटिएर धेरै रोएँ, उनकै सामु मूलबाटोमा
मेरो मुटु मिसाई दियो, उनकै पाउले त्यही माटोमा
गोडा टेकी भिक माग्दै, उनको पाउ छुँदा पनि
बैगुनीको मन पग्लेन, बिन्ती गरी रुँदा पनि

यति कठोर रहेछ त्यो मन, त्यस्तो कुनै चिज छैन
लाग्छ मलाई उसको सामु, ढुंगा-पत्थर केही होइन
एक नजर नि लगाइन, सामै बिहोस हुँदा पनि
बैगुनीको मन पग्लेन, बिन्ती गरी रुँदा पनि

आफै सामु कुल्ची गाइन, मुटु झिकी दिंदा पनि
बैगुनीको मन पग्लेन, बिन्ती गरी रुँदा पनि ……

राजेश रुम्बा लामा “अतृप्त”
०५-०८-२०११

Note :यस्तो त कसैको नहोस र मेरो नि भाको त छैन, तथापि आजकल तस्बिर हेर्दै रचना गर्ने गरेको छु साथी हो, कृपया कहाँ कहाँ गल्ति भो देखाई दिनु होला । हजुरहरुको हरपल खुशीमाया तवरले बितोस कामना गरे ल !

Leave a Reply

Your email address will not be published. Required fields are marked *