Skip to content
ArunBahadurKhatriNadi


सृष्टि सिर्जनाको यस संसारमा
मान्छे भएर जन्मेपछि
केही आशा अनि उमङ्ग लिएर
उभिएका ती मनहरू
जन्मेर आफ्नो भविष्यका लागि
केही कुरा सोचेको हुन्छ
प्रारब्धको फल भोग्दै
कसरी भविष्य राम्रो बनाऊँ भनी
आफ्नो मनले सोचिकन
उसले बिचार गरेको हुन्छ
कागजमा कलमले कोरेर
ठूलो मान्छे बनेको छ ऊ
हतियार बन्दुक बोकेर
लडाई गर्ने पनि ऊ
कहिलेकाही त उसैले
काललाई अकाल पार्दछ
त्यसैले कसैको आशा र अपेक्षा
मान्छेका लागि अभिशाप बन्न पुग्दछ
एउटा सुनौलो भविष्य निर्माण गर्न
बरदानसरि बन्नु परेको छ
यो संसारी सृष्टिलाई उसैले
अगाडि बढाउनु परेको छ ।

सामाखुसी मार्ग, ९३५/५४
काठमाडौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *