Skip to content


नसम्झाऊ चोट के हो अब सबै बुझिसकेँ
नसिकाऊ इज्जत के हो जब सबै लुटिसके

नलगाऊ मलम अब घाउ सबै कुहिसके
नकमाऊ हात अब जब पराई बनिसके

नहेर यी आखाँहरू अब आँसु सुकिसके
नखोल ती ओठहरू जब कुरा बुझिसकेँ

भन्थ्यौ तिमी सबैथोक हौ पराईसँगै लाईँदैन
काँडा नै हो मेरो जीवन फूल अब चाहिँदैन

किरण के सी
दहथुम–५, स्याङ्जा, नेपाल

3 thoughts on “नसम्झाऊ चोट के हो”

Leave a Reply

Your email address will not be published. Required fields are marked *