एउटा सेतो कार
मेरो जीवनको दैनिकी बनिरहेछ
कारमा सँग हिड्छ
न म कारसँग हिड्छु
केवल देख्छु, अनि चिन्छु
अनि एउटा दिनको सुरुवात हुन्छ
साथी संगीहरूसँगको रमाइलो यादलाई
ममताको मिठो साथलाई बिर्सिएर
त्यही कारको हिडाइमा बेगको अनुपातमा चल्नु पर्छ
जिन्दगीका केही बर्षहरू
एउटा परिधिभित्र रमाइलो संसार बनाएर
नचाहेको खुसि ओकल्नु पर्छ
कवितामा गिट्टीका टुक्रा-टुक्रा बटुलेर
कल्पनाको एता थुप्रो गराउदा
बिहानीको सुर्यको किरण थुप्रोमाथि पर्दा
हजुरबाको बुढो आवाजले उठ-उठ भनिरहन्थ्यो
अनि, झिसमिस-झिसमिस उज्यालो हुदा नहुदै
एउटा कर्तब्यनिष्ठ सिपाहीले समयमा गोली चलाए जस्तै
कुखुराको भाले कुखुरी-खाँ …
साचिकै इमान्दारिता भालेसंग पनि छ
म पनि त्यही इमान्दारितामा
जबिनका केही बर्षहरूलाई
चेकको अर्ध कट्टीमा सिन्ग्नेचर गरिदिएको छु
रातभरिको सपनाको थकान भन्दा
बिहानीमै पनि, आफैभित्र
कता-कता हराउदा थकान भारी भएको
बेला सहनै नसकेर सपनाका यादहरू
सरर-सरर चिसो-चिसो हावा बहने
भोर्ले डाडाको रुख मुनि होइन न त
देवी थानको पिपलको फेदमा सपनाका याद हरूलाई
एउटा सिमेन्टको सिडिलाई कुर्ची बनाएर
विसादा दुधे बालकमा रुदै गरेका चित्कारहरू
आगोले पोलेको घाउमा लगाउने
मलमबाट निस्केका दर्दहरू एकैछिन पानामा पल्टाउदै गर्दा
अगाडिका ठुला- ठुला दुई हेडलाइट
चर्को गराउदै आइपुग्छ सेतो कार
अनि मेरो दैनिकी सुरु हुन्छ
अर्को दिनपनि यसै बेला त्यही समय
यात्रामा भेट्टीएका बटुवाहरू
न त आफ्नो गन्तब चिन्छन न त मेरो गन्तब्य बताउछन
तिनै बटुवाहरूको पछि पछि समय काट्ने औजार चलाउदै
हिरहेछु सोचिरहेछु
त्यही ठाउँ जहाँ
सिमेन्टको सिँढीलाई कुर्ची बनाउदाको हिजोको दिन
आज पनि आँखा चिम्म गरेर यादलाई हेरी रहेको थिए
एक्कासि सेतो कार नजिकै …
एउटा सेतो कार
मेरो जीवनको दैनिकी बनिरहेछ
कारमा सँग हिड्छ
न म कारसँग हिड्छु
केवल देख्छु, अनि चिन्छु
अनि एउटा दिनको सुरुवात हुन्छ
syanghasahitaya.wordpress.com
